मिझारको सफलता पछी मृगौला रोगबाट पीडित भुक्त बहादुर लाई सहयोग

बुटवल । नेपाल मगर युवा संघ तिलोत्तमा नगर समितिले को आयोजनामा गरिएको मगर चलचित्र “मिझार” को अपहार सफलता पछी संकलित रकम मृगौला रोगबाट पीडित गुल्मी चन्द्रकोट गाउँपालिका निवासी १७ वर्षीय भुक्त बहादुर राना मगरलाई आर्थिक सहयोग गरेको छ । बैशाख २७ गते बुटवलमा प्रदर्शन गरिएको च्यारिटी शो बाट उठेको रकम मृगौला रोगबाट पीडित रानाका फुपु इतमाया गलामीलाई समितिका अध्यक्ष श्रवण कुमार राना मिझार चलचित्र निर्माता सन्तोष पिठकोटे मगरको उपस्थितिमा नगद ५० हजार रुपैया हस्तान्तरण गर्नु भएको हो । रानाको उपचार सहयोगार्थ मगर कथानक चलचित्र मिझार बुटवलमा च्यारिटी शो गरिएको थियो । चलचित्र मिझार च्यारिटी शो पछी मगर युवा संघ तिलोत्तमा समिती र चलचित्र टिम सयुक्त रुपमा पीडित रानामगर लाई टिचिङ हस्पिटल भेट्न गएका थिए । टिचिङ हस्पिटल पुग्दा भुक्त बहादुर रानाभाईको स्वास्थ्य स्थिती निकै सुधार भएको चलचित्र निर्देशक सन्तोष पिठाकोटे ले जानकारी दिनु भयो । नेपाल मगर यृुवा संघ तिलोत्तमा नगर समितिले गरेको आर्थिक सहयोग संकलन र मृगौला रोग पीडित रानाको जीवन बचाउनका लागि चालेको महत्वपूर्ण अभियानको नेपाल मगर चलचित्रकर्मी संघ, स्थानिय संघ संस्था लगायत रुपन्देहीबासी हरुले खुशी ब्यक्त गरेका छ । आर्थिक संकलनमा सहयोगि हात दिनु हुने सबै संघ संस्था, ब्यबसायिहरु, मिडियाकर्मी तथा महानुभाबहरुमा आयोजक तथा मिझारको तर्फ देखी धन्यवाद प्रकट पनि गरेको छ। आर्थिक समस्याका कारण मृगौला प्रत्यारोपण गर्न रोकिएका रानाको दुबै मृगौला प्रत्यारोपण भैइसकेको छ । भुक्त भाई को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

Share
  • 71
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *