मृगौला पिडित को उपचार्थको लागि “मिझार” को च्यारिटी शो बुटवलमा

बुटवल । मगर चलचित्र पर्दशनको हब सेन्टर बन्दै गएको रुपन्देही को बुटवलमा सन्तोष पिठाकोटे मगर द्वारा लेखन / क्यामेरा / सम्पादन / निर्देसन – चलचित्र मिझार यही बैशाख २७ गते मिलन चलचित हल बुटवलमा दिउँसए १२ बजे देखि ६ बजे सम्म दुई शो  च्यारिटी पर्दर्शन  हुने भएको छ। नेपाल मगर युवा संघ तिलोत्तमा नगर समिती, रुपन्देही को आयोजना मा राखिएको च्यारिटी शो मा नेपाल मगर चलचित्र संघ, रुपन्देहीले सपोर्टिङ्ग भूमिका गरेको छ् । उक्त चलचित्र शो बाट प्राप्त रकम थापाकोट गाउँपालिका वडा नंं.-४ गुल्मी निबासि भक्त बहादुर राना मगरको मृगौला उपाचार्थको लागि सहयोग गरिने आयोजक मगर युवा संघले जानकारी गराएको छ । चलचित्र पर्दशन को पुर्ण तयारी मा जुटेको मगर युवा संघ, तिलोत्तमा भब्य दर्शक को उपस्थिती गराउन तिब्र रुपमा लागि रहेको संघका उपाध्क्षय रोमा सहेज् मगरले जानकारी दिनु भयो । मृगौला पीडितको लागि गर्न लागिएको उक्त च्यारिटी शो हेरी सहयोग पुराई दिनु हुन सम्पूर्ण रुपन्देही बासी सबैमा आयोजकसंस्थाले अनुरोध पनि गरेको छ ।

Share
  • 26
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *