‘मौलिक संस्कृतिसंरक्षणगर्न मगर समुदाय एक हुनुपर्ने ’

कमल चौधरी
बुटवल ।
नेपाल मगर संघ वडा इकाई समिति बुटवल उपमहानगर पालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि मगर समुदाय एक हुनुपर्नेमा जोड दिएका छन् ।
शानिबार नेपाल मगर संघ ईकाइ समितिको १४ औं अधिवेशन बुटवल–१४ बेलबालपितृ थानमा भएको कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो भनेकाहुन् ।उनीहरुले पछिल्लो समयमा मगर समुदायहरु आफ्नो भेष, भुषा, रितीरिवाज, धर्म, प्रथा परम्परालाई विर्सिदै गएको भन्दै अबपूर्वजहरुले कोरेको वाटोलाई हामी नयाँ पुस्ताले भुल्न नहुने कुरामा जोड दिए । 
अधिवेशन कार्यक्रममा नेपाल मगर संघ नगर अध्यक्ष गोपाल चौहानले मगर समुदायहरु आफ्नो भाषा-धर्म संस्कृति भुलेको भन्दै यसलाई संरक्षण गर्न सवै मगर समुदाय एक जुट हुनपर्नेमा जोड दिए । उनले – ‘हामी आफ्नो पहिचान खोजेका छौं मगरात हाम्रो पहिचानहो ।’ भने, मगरात मगर समुदायको एतिहासिक पहिचान रहेको भन्दै मगरात प्रदेश हुनुपर्नेमा जोड दिए। उनले मगरात कुनै जातिय राज्य नरहेको भन्दै यो एतिहासिक पहिचान रहेको स्पष्ट पारे ।
कार्यक्रमा नेपाल मगर संघ पूर्व इकाई अध्यक्षतथा सल्लाहकारहरु केश बहादुर श्रीस, बल बहादुर थापा, दलबहादुर पुन, दलबहादुर थापा, जंङ्गबहादुर श्रीस, हेम बहादुर राना, तमु ह्युला छोंजधी राष्ट्रिय परिषद्का इकाई अध्यक्ष झलबहादुर गुरुङ्ग, नेपाल मगर बौद्ध सेवा समितिइकाई अध्यक्ष रीमान श्रीस लगायतले बोलेकाथिए ।
अधिवेशन कार्यक्रम शेर बहादुर पुनको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तारा प्रसाद बुढथोकीको स्वागत र सचिव लिलकुमार रानाको संचालनमा सम्पन्न भएको थियो ।भने कार्यक्रममा अध्यक्ष शेर बहादुर पुनले अध्यक्षको प्रतिवेदन पेश गरेकाथिए, त्यस्तै मगर संघ इकाई कोषाध्यक्ष केशर
बहादुर थापाले आर्थिक प्रतिवेदन पेश गरेकाथिए । साथै उक्ता कार्यक्रममा नेपाल बौद्ध सेवा समितिका कोषाध्यक्ष प्रतिवेदन पेश गरेका थिए ।
उक्त अधिवेशन कार्यक्रममा एस.ई.ई माउत्कृष्ट अंकाप्राप्त गरेका मगर समुदायका रोजिन थापा, विनिता आले मगर, मोहान थापालाई प्रशंसा-पत्र दिएर सम्मान समेत गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *