युवा गायक रोशन आले मगरको दोश्रो प्रस्तुती “घर त मेरो तनहुँ दमौली” बाजारमा

काठमाडौँ, १८ साउन । तनहुँ दमौली घर भएका युवा गायक रोशन आले मगरले आफ्नो पहिलो गीत ‘हास्न सकिन पिडा सहेर्, मर्छु बरु बिस पिएर ’ बोलको लोकगीतबाट साङ्गीतिक क्षेत्रमा चर्चा कमाएका आले मगरको दोश्रो कोशेली “घर त मेरो तनहुँ दमौली” बजारमा आएको छ् ।
सानै उमेर देखी लोकदोहोरी भने पछी हुरुक्क हुने गायक रोशन आले यती बेला लोकदोहोरी क्षेत्र मा निकै ब्यस्त हुनु हुन्छ। हसिलो चिटिक्क परेका आले मगर आफ्नो गेटअपका कारण चर्चामा रहने गायक रोशनले गीत संगीतमा निकै मेहनत गर्ने गरेको बताउँछन् । ‘यो गीतमा केही फरक दिने प्रयास गरेको छु’, उनले भने, ‘ घर त मेरो तनहुँ दमौली बोल रहेको गीतमा संगीत पनि निकै फरक बनाउन खोजको छु ।’
घर त मेरो तनहुँ दमौलीमा नव गायक भुपेन्द्र घर्ति मगर र ओ मिता बि सि ले गायका छन भने रोबर्ट छिस्टेल को लय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *