रजत जयन्तिको उद्घाटन

मंसिर १, खिनु गुरुङ ।  तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद इकाई समिति मधवलियाको रजत जयन्ति महोत्सवको उद्घाटन शनिवार गरिएको छ ।
रजत जयन्तिलाई उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले सबै जात जातिहरुको हक अधिकार सुनिश्चितता राज्यले गर्नु पर्ने बताउनुभयो ।

तमू ह्यूल छोंज धीं जिल्ला समितिका अध्यक्ष विमला गुरुङले राज्यले अझै पनी आदिवासी जनजातीहरुको हक अधिकारको ग्यारेन्टी नगरेको सन्दर्भ जोडदै ल्होसारमा सार्वजानीक विदा कटैती गरेकोमा असन्तुष्टी व्यक्त गर्नु भएको थियो । कार्यक्रममा तिनपा १६ का वडा अध्यक्ष झवी भूसाल, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रिन्सिपल सुन्दर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कोटिहवा माँङी बौद्ध विहार देखी विभिन्न जातीय साँस्कृतीक झाँकी, बाजा गाजा सहित ¥याली गर्दै तमू समाज भवन मधवलियामा गएर सभामा परिणत भएको थियो ।
उद्घाटन समारोह समाजका अध्यक्ष संतोक गुरुङको अध्यक्षता, उपाध्यक्ष दिलमाया गुरुङको स्वागत र मोहनसिंह गुरुङले संचालन गर्नु भएको थियो ।


उद्घाटन समारोहमा समाज घर निर्माण गर्न सहयोग गर्नुहुने ३१ जनालाई कदर पत्र द्धारा सम्मान गरिएको थियो ।
भोली अस्पतालहरुमा फलफुल वितरण, सोमबार खेलकुद र मंगलवार साहित्य कार्यक्रम र मंगलवार समापन हुने समाजका अध्यक्ष संतोक गुरुङले जानकारी गराउँनु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *