राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदीबीच भेटवार्ता, सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौँ : राष्ट्रपति विद्या भण्डारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदीबीच साढे चार बजेदेखि पाँच बजेसम्म भेटबार्ता भएको हो ।

भेटमा राष्ट्रपति भण्डारीले नेपाल सरकार संविधान कार्यान्वयनमा लागि रहेको उल्लेख गर्दै भारत लगायत अन्तर्राष्ट्रिय समुदायको सद्भावको आवश्यकता रहेको बताएकी छिन् ।

त्यस्तै मोदीले भारत सधै नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै नेपालको सबै प्रयास र विकास प्रकृयामा भारतको साथ रहने बताएको परराष्ट्र मन्त्री प्रकाशसरण महतले जानकारी दिए । उनले दुई देशबीचको र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ बनाउन तत्पर रहेको उल्लेख गरे ।

राष्ट्रपति भण्डारी भारत औपचारिक पाँच दिने भ्रमणमा छिन् ।

भारतले राष्ट्रपतिको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । पहिलो नेपालको राष्टपतिको अपमान भएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो । मंगलबार भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेर केही सकारात्मक सन्देश दिएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले पनि ‘घनिष्ठ छिमेकीलाई विशेष सम्मान’ भनेका छन् । फोरकोर्टमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *