राष्ट्रबादी भन्नेले गरे राष्ट्रिय झन्डा को अपमान

काठमाण्डौ । आफूलाई राष्ट्रवादी भन्न रुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीले २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा झुन्ड्याइएको नेपालको राष्ट्रिय झन्डा पनि नसुहाउने र भद्दा खालको थियो । राष्ट्रिय झन्डा भनेको जसलाई जस्तो मन पर्छ, त्यस्तो बनाउन मिल्दैन । नेपालको संविधानको अनुसूची–१ अन्तर्गत धारा–८ को उपधारा–२ मा उल्लेख भएअनुसार मात्र बनाउन मिल्छ, अन्यथा गैरकानुनी हुन्छ । अब नेपाल सरकारको उच्च पदमा बसेकाहरूलाई राष्ट्रिय झन्डाको प्रावधान यस्तो हुनुपर्छ भन्ने कुराको जानकारी नै छैन भन्ने कुरा त्यति स्वाभाविक देखिँदैन । यदि नियतवश नै राष्ट्रिय झन्डालाई दुरुपयोग गरेको हो भने त्यो किन गरियो भन्ने जवाफ ओली सरकारले दिनुपर्छ । यदि यस्तो संवेदनशील प्रकरणमा उठेको प्रश्नको जवाफ दिँदैन भने यो सरकारलाई जनताको सरकार कसरी भन्ने ? यसको चौतर्फी आलोचना भएको थियो तर ओली सरकारले औपचारिक रूपमा कुनै जवाफ दिएन अर्थात् जनभावनालाई जबरजस्ती कुल्चिने काम गर्‍यो। राष्ट्रबादी भन्नेले किन राष्ट्रियता बारे सोच्दैनन ? राष्ट्रको संवेदनशिल बिषयमा किन ध्यान पुग्दैन? यही राष्ट्रियता ? नेपाली जनतालाई ओलि सरकार ले जवाफ दिनै पर्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *