राष्ट्रिय जनमुक्ती पार्टी प्रदेश नं.५, परिचालन समिती द्वारा ज्ञापनपत्र

चैत्र-२३ रुपन्देही । राष्ट्रिय जनमुक्ती पार्टी प्रदेश नं.५ परिचालन समिति का प्रदेश प्रमुख हाजी डा मोहम्मद हसन को नेत्रुत्व मा प्रदेश उपप्रमुख होमाया गुरुङ्ग , सचिब के बि पुन, सहसचिब धनी आले , अर्थ सचिब, हरी ओम बि क, सदस्य बि के राना र प्रदेश संचार प्रमुख राम अस्लामीको सयुक्त टोली माननीय मुख्य मन्त्री शंकर पोखरेल ज्युको ५ नम्बर प्रदेश कार्यालय मा ज्ञापन पत्र बुझाएको छ । प्रदेश का अर्थ सचिब हरी ओम बिक ज्युले ज्ञापन पत्र बाचन गरी प्रदेश प्रमुख हाजी डा. मोहम्मद द्वारा हस्तान्तर गर्नु भयो । ज्ञापन पत्रमा उल्लेखित ७ मागहरु प्रती माननीय मुख्य मन्त्री बिच छलफल चलेको थियो । नेपाल कै उदारहणिय प्रदेसको रुपमा यस ५ नम्बर प्रदेश लाई स्थापित गरी समृद्ध बनाउने तयार गर्नु गर्ने मा राष्ट्रिय जनमुक्ती पार्टीले बृहत चासो प्रकट गर्दै आईरहेको छ । मुलुक को नयाँ राजनीतिक परिस्थितीमा बुद्धिमता पूर्ण ब्यबस्थापन सहित अगाडि बढनका लागि बिधमान प्रदेस सरकार ले ५ नम्बर प्रदेश मा निम्नानुसारका कार्य अबिलम्ब आत्मसाथ कार्यन्बयनका लागि अगाडि बढन पार्टीको तर्फ जोडदार माग गर्दै माननीय मुख्य मन्त्री समक्ष यो ज्ञापन पत्र पेश गरेको छ । जनमुक्ती को माग प्रती मानानीय मुख्य मन्त्री ज्यु को साकारतामक सोच रहेको जनमुक्ती स्रोत ले जनाएको छ ।

Share
  • 10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *