राष्ट्रिय पूर्व सैनिक संगठन रुपन्देही को अध्क्षय मा आन बहादुर सोती मगर

चैत्र १४, ब्रिजिखबर रुपन्देही ।
राष्ट्रिय पूर्व सैनिक संगठन जिल्ला कार्य समिति रुपन्देहीको पाचौं अधिवेशन भब्यता का साथ सम्पन्न भएको छ् । पाचौ अधिबेशन समारोह का अध्क्षयता नर सिंह काउचा मगरले गर्नु भएको थियो । त्यसै गरी प्रमुख अथिति राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष क्या. भिम बहादुर राना, पार्टी केन्द्रिय महासचिव केशव सुर्यवंशी प्रमुख बक्ता को रुपमा उपस्थिती रहेको थियो । त्यसै गरी अथिति मा केन्द्रिय सदस्य छत्र दर्लामी, आयार्जन प्रमुख हरिदेब थापा, राष्ट्रिय महिला मोर्चा का होमाया गुरुङ, पार्टी संघिय महासभा सदस्य ज्यु हरु, लुम्बिनी राज्य परिषद का अध्क्षय धनी आले, जिल्ला कार्यसमिती रुपन्देहीका अध्क्षय झम बहादुर गुरुङ आदी को उपस्थिती रहेको थियो । जिल्ला स्थित सबै क्षेत्र, नगरसमिती र गाउँ पालिका बाट पूर्व सैनिक हरु को बाक्लो उपस्थिती रहेको थियो ।   पूर्व सैनिकहरु लाई संम्बोधन गर्दै पार्टी महासचिब सुर्यबंशी ले सम्पूर्ण भुपु हरु लाई राजनीति रुप मा गोलबन्दहुन र जनमुक्ती बिचराधारा लाई आत्मासाथ गरी अघी बढन आव्हान गर्नु भयो । पूर्व सैनिक को हक-अधिकार प्राप्त गर्न अब जनमुक्ती बाहेक अरु बिक्ल्प नरहेको र सबै खाले मन्त्रालय हुने अब भुपु मन्त्रालय पनि हुनु पर्दछ भनी सबै बक्ता हरु ले जोडदार माग राख्नु भएको थियो ।

अध्क्षय: आन बहादुर सोतीमगर
उपाध्यक्ष: लुम बहादुर थापामगर,
सचिवमा: टोल प्रसाद राना
संगठन सचिव: रेशम बहादुर थापा
कोषाध्यक्ष: गम्वर सिंह गुरुङ्ग
सदस्यहरुमा: शिव लाल आलेमगर, हर्क बहादुर थापा, यम प्रसाद छन्त्याल, ज्ञान बहादुर सोमरे, मन बहादुर पुन, रिमान सिङ श्रीस, श्याम बहादुर थापा, लुम बहादुर पुन, तारा बहादुर पुन, देव मायाँ थापा, कोपल राज गुरुङ्ग, ज्ञान बहादुर थापा चयन भएका छन् । उक्त कार्यक्रम अमर भवन् , बुटवलमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सचिब भिम राना ज्यु ले गर्नु भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *