राष्ट्रिय युबा मोर्चा बुटवल उपमहानगर पालिकाको प्रथम ऐतिहासिक भेला सम्पन्न !

चैत्र २४, ब्रिजिखबर बुटवल ।
राष्ट्रिय जनमुक्ति पार्टी जनबर्गिय संगठन राष्ट्रिय युबा मोर्चा बुटवल उपमहानगर पालिकाको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ । अत्यन्तै उत्साह जनक रहेको भेला लाई राष्ट्रिय युवा मोर्चा का जिल्ला अध्क्षय हेमन्त बुढाथोकी ज्यु को सभापतित्व रहनु भएको थियो । त्यसै गरी पार्टी महासचिब केशब सुर्यबंशीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अथितिमा प्रबाश बिभाग प्रमुख कमला थापा को पनि उपस्थिती रहेको थियो । त्यसै गरी अथितिमा (रा यु मो ) केन्द्रिय प्रशिक्षाण बिभाग प्रमुख कमल थापा, संघिय महासभा सदस्य केश बहादुर थापा, लुम्बिनी राज्य परिषदका अध्क्षय धनी आले, जिल्ला उपाध्क्षय मधु राना, सदस्य श्याम राना, बर्ण बहादुर थापा, पूर्ण बहादुर थापा, नगर अध्क्ष्य गोपाल चुहान, महिला मोर्चा नगर अध्क्षय बसन्ती साठिघरे, वडा अध्क्षय तथा पार्टी शुभचिन्तक हरुको बाक्लो उपस्थिती रहेको थियो। भेला मा उपस्थितिहरु लाई महिला मोर्चा का नगर अध्क्षय बसन्ती साठिघरे ज्यु ले स्वागत मन्त्बय दिनु भएको थियो । युवाहरु को उपस्थिती लाई मध्यानअजर गर्दै प्रशिक्षक् कमल थापाले अत्यन्तै पेचिलो कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।त्यसै गरी बक्तारुपमा  प्रबाश बिभाग प्रमुख कमला थापा ज्यु र प्रमुख अथिति केशब सुर्यबंशी ज्यु ले पनि युवाहरु लाई बिशेष फोकस गर्दै जनमुक्ति पार्टी मा आउन आव्हान गर्नु भयो । भेलाले कमल बुढाथोकीको नेतृत्वमा १९ सदस्यिता को कार्यसमिति गठन गरेको छ भने  उक्त कार्यक्रम क्षेत्रिय सचिब थर्क बाहादुर बार्हघरे ज्युले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *