राष्ट्रिय युवा मोर्चाको उद्घाटन सत्र सम्पन्न/ बन्द सत्रले नया नेतृत्व चयन गर्दे

देव पचभैया

पाल्पा, चैत्र २८ – भ्रष्ट्राचारीलाई संविधानमै देश द्रोहीको घोषणा गर्न माग गर्दे राष्ट्रिय जनमुक्ति पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाको पाचौ राष्ट्रिय महाधिबेशनको उद्घाटन सत्र सकिएको छ ।

तानसेनको टुडिखेल मैदानमा आईतवार राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबंशीले भ्रष्ट्राचार विरुद्ध थालिएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेर महाधिबेशनको उद्घाटन गर्नुभएको हो ।

जनजागरण र्याली सहित तानसेनका बिभिन्न भागको परिक्रमा गरी टुडिखेलको खुलामंचमा भएको उद्घाटन शत्रका प्रमुख अतिथि सुर्यबंशीले देशको प्रमुख समस्या भ्रष्ट्राचारलाई निर्मुल गर्ने नभई जरै देखि उखेलेर फाल्नु पर्नेमा जोड दिनुभयो ।

युवाहरुको सहयोगमा जनमुक्ति पार्टी आम नेपाली जनताको घरदैलोमा पुगेर भ्रष्ट्राचार बिरुद्धको अभियानमा हस्ताक्षर संकलन गरिने महासचिब सुर्यवंशीले उद्घोष गर्नुभयो ।

असफल नेता र दलले सरकारको नेतृत्व गर्दा नेपालको विकास निर्माण धेरै पछि परेको बिभिन्न उदाहरण दिदै उहाले देशका ठुला भनिएका दल र नेता नसुध्रिएकाले नेपालीको भविश्य सुनिश्चित नभएको दावी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिब एवं पार्टीका प्रचार बिभाग प्रमुख टोप अस्लामी, संगठन बिभागका प्रमुख एवं पार्टीका उपमहासचिब रामु परियारले धर्मनिरपेक्षता, समावेसीयता र संघिय गणतन्त्रको माग राख्ने जनमुक्ति पार्टीको बिचारले अहिले देश चलेको भन्दै बिभिन्न क्षेत्र र समुदायका माग पुरा हुने गरी संबिधान संसोधन गरेर मात्रै स्थानिय तहको चुनाव हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज होमाया गुरुंग र अर्का उपाध्यक्ष एवं प्रवास बिभाग प्रमुख कमला थापाले महिला मुतिmको आवाज बुलन्द गर्ने राष्ट्रिय जनमुक्ति पार्टीमा सामेल हुन सबैसंग अपिल गर्नुभयो ।

राष्ट्रिय युवा मोर्चाका महासचिब सुन्दर गुरुङ्गले ठुला पार्टीले युवाहरुलाई दुरुपयोग गरेको आरोप लगाउनै युवा भविश्यको कर्णधार मात्रै नभई बर्तमानका साझेदारीपनि रहेको बताउनुभयो ।

उद्घाटन सत्रलाई संवोधन गर्दे राष्ट्रिय महिला मोर्चाकी अध्यक्ष चन्दा थापा, राष्ट्रिय दलित मोर्चाका संयोजक हरी ओम बिकले राष्ट्रिय जनमुक्ति पार्टीनै सच्चा समावेशी पार्टी भएको जिकिर गर्नुभयो ।

अधिबेशनको ब्यवस्थापकिय जिल्ला जनमुक्ति पार्टी पाल्पाका अध्यक्ष नारायण बहादुर कुवरले कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

मोर्चाका कार्यवाहक अध्यक्ष ममता बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मोर्चाका कोषाध्यक्ष एवं महाधिबेशन तयारी समितिका संयोजक शंकर गाहाले पाहुनाहरुको स्वागत गर्नुभएको थियो । सचिव लाल बहादुर गोतामेको संचालनमा भएको कार्यक्रममा बिभिन्न सास्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

तानसेनको टक्सारटोल स्थित महाचैत्य विहारमा सोमवार हुने बन्द सत्रले आगामी ३ बर्षका लागी नया नेतृत्व चयन गर्ने बताईएको छ । ३८ जिल्लाका प्रतिनिधि र पर्यबेक्षक गरी १९० जनाको बन्द सत्रमा सहभागी रहेको मोर्चाले जनाएको छ । महाधिबेशन सम्पन्न गर्न झण्डै साढे ११ लाख खर्च हुने आयोजकले अनुमान गरेका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *