रास्ट्रीय जनमुक्ति पार्टीको दुई वटा भात्री संगठनको एकै दिन अधिबेशन सम्पन्न

ब्रिजी खबर, पाल्पा :
राष्ट्रिय जनमुक्ती पार्टी जिल्ला पाल्पाले आफ्नो दुई वटा भात्रु संगठन (जनमुक्ती युवा महासंघ र राष्ट्रिय महिला मोर्चा) को अधिबेशन एकै दिन सम्पन्न गरेको छ। राष्ट्रिय महिला मोर्चा जिल्ला पाल्पा का पूर्व अध्क्षय मोहन कुमारी थापा ज्यु को सभापतित्व मा भएको अधिबेशन कार्यक्रम को प्रमुख अथिति पार्टी का संघिय परिषद सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज धनकेशर शुर्यबंसी रहनु भएको थियो । त्यसै गरी बिशिश्ट अथिति संघिय परिषद सदस्य तथा राष्ट्रिय महिला मोर्चा केन्द्रिय महासचिब गीता सारु, संघिय परिषद सदस्य होम बहादुर थापा, जनमुक्ती युवा महासंघ का राष्ट्रिय अध्क्षय शंकर गाहा, संघिय परिषद सदस्य क्याप्टेन डम बहादुर राणा, संस्थापक जिल्ला सदस्य भिम बहादुर चौहान, पाल्पा जिल्ला सल्लाकार खुम सिंजाली, जिल्ला अध्क्षय नारायण कंवर, जनमुक्ती युवा महासंघ रुपन्देहीका अध्क्षय हेमन्त बुढाथोकी, जनमुक्ती युवा महासंघ बांकेका जिल्ला सचिब बलिरज थापा, र स्थानिय तह् निर्वाचन मा उपमेयर का उम्मेदवार साबित्र राना ज्युको आथित्यता आशन गर्नु भएको थियो ।
पाल्पा जिल्लाको होटेल अन्नपुर्ण गार्डेनमा भएको कार्यक्रममा करिब सय जनाले पार्टी समेत प्रवेश गरेको छन् । पार्टी प्रवेश गरेका नयाँ सदस्यहरुलाई प्रमुख अतिथि र सभापति द्वारा खादा ओढाई सम्मान का साथ स्वागत गरिएको थियो । साथै अधिबेसन बाट दुवै भात्री संगठन मा नयाँ पुस्ता समेत भित्रिएका छन्. २०४८ सालमा स्थापना भएको पार्टीले जातिय विभेदलाई अन्त गर्ने खालका नीति एबं कार्यक्रमहरु अघि सार्दै आएको छ । साथै जनसंख्या को आधारमा समानुपातिक प्रतिनिधित्व राज्यको हरेक तहतप्का मा हुनु पर्छ भन्ने मुद्दा लाई जोडदार उठाएको छ । यसको ज्वलन्त उदारहण स्थानिय तह निर्वाचन मा दलित समुदायको उम्मेदवारी हो ।
जिल्ला अधिबेशन प्रमुख अतिथी धनकेशर सुर्यबंसिले मुलुकले जातिए आन्दोलन नगर्दा सम्म बिकाशको गति लिन नसक्ने बताउनु भयो साथै जनमुक्ति पार्टीले शान्तिपूर्ण आन्दोलन गरिरहेको पनि बताउनु भयो ।
अधिबेसनले मनोनयन गरेको जिल्ला पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम पनि सोहि कार्यक्रम बीच गरिएको थियो । पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमका पार्टी केन्द्रिय सदस्य धनकेशर सुर्यबंशी ज्युले गराउनु भएको थियो । यसै गरि नयाँ समितिको बैठक पनि कार्यक्रम समापन पश्चात बसिएको थियो । दुबै संगठन ले यही मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा को निर्वाचन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
यसै गरि राधा थापा जनमुक्ती युवा महासंघ, पाल्पा को अध्यक्ष्मा मनोनित हुनु भएको छ भने सावित्री रानालाई राष्ट्रिय महिला मोर्चा, पाल्पा को अध्य्क्षको रुपमा मनोनित गरेको छ । साथानिय पाल्पालिहरु को बाक्लो उपस्थितिमा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम महासंघ का केन्द्रिय सचिब राम अस्लामी ले ज्युले संचालन गर्नु भएको थियो ।
निर्बाचित राष्ट्रिय महिला मोर्चा, पाल्पा को समिती
अध्यक्ष – सावित्रा राना
उपाध्यक्ष -लक्ष्मी अस्लामी
सचिव- यमुना सिङ्जाली
सह सचिव-वसन्ती कवर
काेषाध्छ-बिनि माया राना
सदस्य हरु क्रमश निरु सिङ्जाली, देउरुपा राना,विनिता थापा,गिता परियार,मन कुमारी सिङ्जाली ,सृजना रेस्मी,वसन्ती अस्लामी र हुमा दर्जी निर्बाचित हुनु भए को छ।
जनमुक्ती युवा महासंघ,पाल्पा
अध्यक्ष राधा थापा
बरिस्ठ उपाध्यक्ष हुम बहादुर अस्लामी,
उपाध्यक्ष : यम बहादुर सिङ्जालि
सचिव -बिजय अस्लामी
उपसचिव-शर्मिला राना
संगठन सचिव-रत्न झेदी
काेषाध्छ-ओम बहादुर सारु
सदस्यहरु मा मोनिका राना,अमृता थापा,मनिषा थापा,आकाश थापा,खुम बहादुर बराल चन्द्र सेर्बुजा,दिलमाया गाहा र मोहन कंवर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *