रास्ट्रीय जनमुक्ती पार्टीले विश्व सम्मेलन गर्ने, करिब २० मुलुक बाट सहभागिता रहने : अध्क्षय के पि पालुङ्वा

फागुन १९ , ब्रिजिखबर काठमाण्डौ !

 

  • रास्ट्रिय जनमुक्ति पार्टी ले अंतररास्ट्रिय सम्मेलन ग़र्ने भनिएको छ, यस बारे अलिक प्रष्ट पर्दिनु हुंछ कि?
  • अध्क्षय: हो हाम्रो पार्टी को पहिलो अंतररास्ट्रिय सम्मेलन यही यही फागुन २३-२५ ग़ते काठमाण्डू मा हुदैछ! सम्मेलन को तयारी पनि लगभग पूरा भई सक़ेक़ो छ!  
  • रास्ट्रिय जनमुक्ति को अंतरास्ट्रिय सम्मेलन भनेको चाहि ख़ासमा के हो र यसको आयोजना किन गरिदै छ?
  • अध्क्षय : तपाई लाई पनि थाह भएकै कूरा हो की रास्ट्रिय जनमुक्ति पार्टी ले आफ़नो स्थापना को रजत बर्ष यसै साल पूरा गरयो। यो २५ बर्ष मा पार्टी को बिचारधारा को सफलता र बिस्वसनियता कै परिणाम हो की नेपाल बाहीर रहेक़ा प्रबाशि नेपाली हरू समेत आज जनमुक्ति मंच को नाम मा बिदेश मा क्रियाशील र संगठित भएका छन! भारत देखी बेलायत सम्म क़रीब २० मूलुक मा संगठित उनै जनमुक्ति मंच का प्रतिनिधि र नेपाल का हाम्रा प्रतिनिधि बीच यो सम्मेलन हुदैछ! यो सम्मेलन ले नेपाल मात्र नभई अब बिस्व स्तर मा परस्पर एकता, शान्ति र समृद्धि का ख़ातिर जनमुक्ति बिचार धारा लाई फैलाऊने बिषय मा पनि कार्यनीति तय ग़र्ने छ। यसका साथै बिस्व भर फैलियका नेपाली हरू को हक़ हित का लागि जनमुक्ति मंच लाई के कसरि अगाडी बढ़ाउने भनि कार्यदिशा पनि लीईने छ।
  • जनमुक्ति पार्टी नेपाल मै त ठीक संग स्थापना भई सक़ेक़ो छैन, अंतरास्ट्र तीर किन ख़ूट्टा टनकाउन खोजेको होला ?
  • अध्क्षय : हेर्नुस, बिचार भनेको सार्वभौम हो, त्यो त फैली हालछ नी ! नेपाल जस्टै बहुजातिय, बहुभासिय, बहुधार्मिक, बहुसांस्कृतिक वा बहुराष्ट्रीय चरित्र भएका देश हरू ले जनमुक्ति बिचार धारा ले वकालत ग़र्ने राजनीतिक पद्धति लागू गर्नु बुद्धिमानी हूनेछ। फेरी हाम्रा नागरिक हरू आज बिस्व का सयौ देश मा पूग़ेका छन, ऊनी हरू को चासो र चिंता राज्य ले लिनु पर्छ भंने हो! जहाँ सम्म हाम्रो पार्टी नेपाल मा नै स्थापित छैन भंने कूरा छ, त्यो चुनावी चस्मा ले हेर्दा हो! त्यो दोष पनि अब रहने छैन .
  • यो अंतररास्ट्रिय सम्मेलन पछि पार्टी को अवस्था के कसरी अगाडी बढला भंने सोचेको छ पार्टी ले?
  • अध्क्षय : निश्चय पनि पार्टी को यो अंतर रास्ट्रिय सम्मेलन पार्टी जीवन का लागि यउटा निर्णायक कोशेढ़ूँगा साबित हूनेछ। हो एस पटक को सम्मेलन मा प्रबाशि नेपाली हरू ले नै भाग लिने छन। तर आगामी दिनमा यस्को क्षेत्र अरु बिस्तार हुने छ। हामी जनमुक्ति बिचारधारा मार्फ़त बिस्व लाई एकता, शान्ति र समृद्धि को राजनीतिक बाटो देखाउन चाहनछौ।
  • थप केहि संदेश?
  • अध्क्षय : यो अंतररास्ट्रिय सम्मेलन को सफलता को लागि खटिरहनु भएका देश बिदेश सबै तीर का पार्टी नेता कार्यकर्ता सहयोगी सबै लाई धन्यबाद।  फागुन २३ ग़ते हुने बिशाल जनसहभगिता सहित को उदघाटन् सभा मा भाग लिनु हुन पनि सबैलाइ आह्वान गर्न चाहनछु। धन्यवाद।
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *