रा.ज.मु.पा को समिक्षा बैठक सम्पन्न ” जनमुक्तिले सडकबाट प्रतिपक्ष को भुमिका खेल्ने “

बुटवल । राष्ट्रिय जनमुक्ती पार्टी , ५ नम्बर प्रदेश( लुम्बिनी थरुहत मगरात) द्वारा बैशाख २८/२९ गते गरिएको आन्दोलन को समिक्षा सम्पन्न भएको छ। प्रदेश परिचालन संयोजक हाजी मोहम्मद हसन को अदक्ष्यता र पार्टी महासचिव केशव सुर्यवन्शी को प्रमुख आतिथ्य मा जेठ २ गते बुटवल मा सम्पन्न भएको हो। बैठकले देशमा भ्रस्टाचार, बैदेशिक हस्तक्षेप, कालाबजारीको बिरुद्धमा निरन्तर आन्दोलन अगाडि बढाउन आवश्यक भएको ठहर गर्दै मातह्त का जिल्ला समिती, गाउँ नगर समिती र जनसंगठन का प्रदेश समिती हरु लाइ आन्दोलन परिचालन समिति तत्काल गठन गर्न निर्देशन दिने समेत निर्णय गरेको छ। पार्टी को एघारौं राष्ट्रिय भेलाले पार्टी लाइ जिम्मेवार प्रतिपक्ष को भुमिकामा अघि बढाउने कार्यदिशा अनुसार नै ५ नम्बर प्रदेश को कार्यक्रम अगाडि बढेको र अन्य प्रदेश मा पनि पार्टी सशक्त रूपमा अगाडि बढाउने तयारी भैरहेको तथा बृहत राष्ट्रिय मोर्चा निर्माण को पनि पहल पार्टी ले गरिरहेको पार्टी महसचिव ले जानकारी गराउनु भएको थियो । समिक्षा बैठक मा आन्दोलन को क्रममा विशेष भुमिका निर्वाह गरेका पार्टी नेता तथा कार्य कर्ता हरु लाइ प्रदेश समिती को तर्फ बाट सम्मान गरिएको थियो। साथै बैशाख २८/२९ को आन्दोलन / बिरोध कार्यक्रम सफल पार्न भुमिक खेल्ने सबै लाई धन्यवाद ग्यापन गरिएको छ।

Share
  • 148
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *