लागु पदार्थ ओसार पोसारमा १३२ वटा मुद्धा

कमला राना, नवलपुर ।

यस आर्थिक बर्षमा मात्रै नवलपुर जिल्लामा लागु पदार्थ ओसार पोसारमा १३२ वटा मुद्धा जिल्ला प्रहरि कार्यालयमा दर्ता भएका छन । जिल्ला प्रहरी प्रमुख दिपेन्द्र जिसिले दिएको जानकारी अनुसार यो तथ्याङक गत बर्षहरुमा भन्दा बढि संख्यामा रहेको छ ।
प्रहरी प्रमुख जिसिले लागुपदार्थ ओसार पोसारका घटनामा कमि ल्याउन प्रहरीले नवलपरासि जिल्ला संग जोडिएको सिमा नाकामा कडा रुपमा चेक जाच गरिरहको बताउनुभयो । 
लागुपदार्थ ओसमार पोसारमा कतिपय व्यापार गर्ने उद्धेश्यले त कतिपयले आफनो प्रयोजनका लागि लाग्ने गरेको प्रमुख जिसिले बताउनुभयो । साथै उहाले यस्ता कृयाकलापको रोकथामका लागि प्रहरि प्रशाशनबाट युवा बर्गमा विभिन्न सचेतना मुलक कार्यक्रम गरिरहेको पनि दावि गर्नुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यलय वर्दघाट सुस्ता पुर्व नवलपुरमा आर्थिक वर्ष २०७३÷०७४ अन्तरगत महिला तथा बालबालिका मुद्दा अन्तरगत सबै भन्दा बढि हराएको तथा फेला परेको निवेदन बढि दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यलय नवलपुरले महिला तथा बालबालिका सहायता केन्द्रमा हाल सम्म हराएको तथा फेला परेका गरि १४६ वटा निवेदन दर्ता भएको जनाएको छ । जस्मा १ सय १३ महिला १४ वालक र २० वालिका गरि जम्मा १ सय ४७ जना हराएको भनि निवेदन दर्ता भएको जनाएको छ ।
त्यस्तै ५५ जना महिला , ८ वालक र १८ बालिका गरि ८१ जना फेला परेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । घरेलु हिसां अन्तरगत ५६ निवेदन परेकोमा ३४ वटा मेलपत्र भएको र २२ यथावत रहेको जनाइएको छ ।
यस्तै जवरजस्ती करणि अन्तरगत ११ वटा निवेदन परेको र जवरजस्ती करणि उघोग अन्तरगत ८ वटा निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
मानव ओसार पोसार तथा वेचविखन अन्तरगत १ , ज्यान मार्ने उघोग तर्फ २ , सवारी दुर्घटनामा ज्यान गुमाएका महिला तथा बालबालिका गरि २२ जनाको तथ्याङ रहेको जानकारी दिएको छ ।
यस्तै ०७४÷०७५ पौष सम्मको तथ्याङ हेर्दा घरेलु हिसां अन्तरगत १२ वटा निवेदन जस्मा मेल मिलाप पत्र ८ रहेको छ ।
यस्तै हराएका तथा फेला परेका महिला १२ , वालीका ३ र वालक २ रहेका छन भने फेला परेका महिला १४ वालिका २ र बालक २ रहेका छन । जवर जस्तीकरणि अन्तरगत २ र जवरजस्ती करणि उघोग अन्तरगत ३ रहेको छ । मानव वेचविखन तथा ओसारपोसार १ , सवारी दुर्घटना ४ , वहुविवाह अन्तरगत एउटा निवेदन दर्र्ता भएको प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *