लुम्बिनी बिकास कोषमा गैरबुद्धिष्ट ढकाल र त्रिपाठीको चर्को बिरोध गर्दै अबिलम्ब निर्णय फिर्ता लिन माग

लुम्बिनी । लुम्बिनी विकास कोषमा गैरबौद्ध धर्मावलम्बीहरुलाई गरिएको सबै नियुक्तीहरु अबिलम्ब फिर्ता लिइयोस्, बौद्ध समुदायको धर्म संस्कृतिमाथि गरिएको राज्य आक्रमण बन्द गरियोस्,’ विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा, आक्रमणको प्रतिकार गर्नुको विकल्प नहुने र यसको विरुद्धमा संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने समेत सुसूचित गर्दछौ ।’
सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा विष्णुप्रसाद ढकाल र उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेपछि नेपाल आदिवासी जनजाति महासंघलगायत बौद्धमार्गी संघसंस्थाहरुले कडा विरोध गर्दै अविलम्ब निर्णय फिर्ता लिन माग गरेका छन् ।
कोषको सदस्य सचिव तथा अन्य कार्यकारिणी समितिका पदाधिकारी तथा प्रमुखहरुमा गैरबुद्धिष्टलाई नियुक्त गरिएको भन्दै महासंघका साथै नेपाल बौद्ध महासंघ, नेपाल तामाङ घेदुङ, नेवा देय दबु, तमु ह्युल छोंज धि, नेपाल शेर्पा संघ र वालुङ उत्थान समाजले संयुक्त विज्ञप्ती जारी गरेका हुन् । कोषको महत्वपूर्ण पदहरुमा हालसम्म बुद्ध धर्मावलम्बीका विज्ञहरुलाई मात्रै नियुक्त गरिदै आएकोमा सरकारले हालसम्मको परम्परालाई तोड्दै गैरबुद्धिष्टलाई नियुक्त गरेपछि उनीहरुले सरकारको यस कदमले बौद्ध धर्ममाथि आक्रमण भएको ठहर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *