ल्होसार बिदा कटौती नगर्न माग

असार, बुटवल । गुरुङ सुमदायले ल्होसार पर्व विदा कटौतीको विषयमा आज शुक्रबार विरोध ¥याली र कोण सभाको आयोजना गरेको छ । ¥याली पछिको विरोध सभामा बोल्दै नेपाली कांगेसका महासमिति सदस्य युवराज गिरीले वर्तमान सरकारले बहुमतको नाममा दम्भ देखाएको आरोप लगाएका छन् । तमुह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले ट्राफिकचोकमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् । यसको गतिलो प्रमाण आदिवासी जनजाति लगायत तमु समुदायको ल्होसार बिदा कटौती पनि एक भएको बताए । पत्रकारलाई प्रश्न सोधेको भरमै उसको काम खोसिनुले सरकारले वाक स्वतन्त्रताको धज्जी उडाएको आरोप लगाए । यसका लागि सरकार पक्षलाई सदैव दवाव आवश्यक रहेको समेत बताए । यसका लागि नेपाली कांग्रेसले भूमिका निर्वाह गर्न बताए । सोही अवसरमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङले सरकारको तानाशाह रवैया हेरेर नबस्ने बताउनु भयो । सरकारले यसरी नै खराब चरित्र देखाइरहे कडा संघर्षमा उत्रन जनताहरुलाई अनुरोध गरे । उत्पीडित समुदाय र तमुहरुको पक्षमा राष्ट्रिय जनमुक्ति पार्टी फन्टलाइनमा रहेको समेत उनको भनाइ थियो । कार्यक्रममा नेपाल कम्म्यूनिष्ट पार्टीका तर्फबाट प्रेम घले, तमुह्युल छोजंधीका केन्दि«य सदस्य धन बहादुर गुरुङ, परिषद्का जिल्ला बरिष्ठ उपाध्यक्ष राम बहादुर गुरुङ लगायतले बोल्नु भएको थियो । कार्यक्रम परिषद्का अध्यक्ष बीमला तमुको अध्यक्षता सचिव ओमप्रसाद गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कोण सभा अघि लखनचोक चौराहबाट सुरु गरिएको ¥याली मिलनचोक, अस्पताललाइन् हुँदै मिडिया चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । विगतका वर्षहरुका पुष १५ ल्होसारमा दिदै आएको सार्वजनिक विदा यसवर्ष देखि सरकारले हटाउने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *