विकास निर्माण अभियानमा हामी सहयोगी नै हौं – उपमहासचिव, राष्ट्रिय जनमुक्ति पार्टी

बुटवल,२७ कार्तिक । राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले राष्ट्रिय जनमुक्ति पार्टी र त्यसका नेता कार्यकर्ताहरु सदैव विकासप्रेमी भएको बताउनु भएको छ । उहाँले राष्ट्र निर्माणको अभियानमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । तर दुई तिहाई बहुमतको सरकारबाट आम नेपाली जनताको जीवनस्तरमा आमूल परिवर्तनको अपेक्षा गरिएकोमा जनताको त्यस्तो अपेक्षा पुरा गर्ने तर्फ सरकार दृढतापूर्वक अगाडि बढ्नै नसकेको उहाँको विश्लेषण थियो ।

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश समितिद्वारा मंगलबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उपमहासचिव अस्लामीले वर्तमान सरकारप्रति आम नेपाली जनताले राखेको अपेक्षा धारासायी हुने क्रममा रहेको बताउनु भएको छ । सरकारका काम कारवाही सन्तोषजनक रुपमा अगाडि बढ्न सकेको छैन, बिहानीको झुल्के घामले दिउंसोको संकेत गर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्ने हो भने दुई तिहाई बहुमतको वर्तमान सरकार नेपाल र नेपालीको लागि आशाजनक नरहेको उहाँको टिप्पणी थियो ।

उहाँले यो वा त्यो बहानामा विकास निर्माणको महान अभियानबाट सरकार बिचलित भए दुई तिहाई बहुमत प्राप्त बर्तमान सरकारप्रति जनताको आशा र भरोसामा निश्चय नै तुषारापात हुने र त्यसका लागि अहिल्यैबाट उचित विकल्पका लागि जनताले मानसिकता बनाउनु पर्ने बताउनु भयो । अब सय प्रतिशत निर्माणवादी भएर सबैले लाग्नु पर्ने बताउँदै उहाँले सत्ता पक्ष, प्रमुख प्रतिपक्षी दल लगायत सबै दलमा निर्माणवादी चिन्तनको विकास हुनै पर्ने औंल्याउनु भयो ।

व्यवस्था विल्कुलै नयाँ आईसक्यो तर पुरानै गल्ती दोहो¥याउदै लगिएको छ, यो तीतो यथार्थ खेदजनक रहेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीका विदेश विभाग उप प्रमुख तथा जनमुक्ति एकेडेमीका उप प्रमुख समेत रहेका अस्लामीले नेपालको संविधान २०७२ ले मुलुकको विविधता र विशिष्टतालाई आत्मसाथ गर्न नसकेको भन्दै संविधानको पुनर्लेखन हुनै पर्ने उहाँको जोड थियो । नेपालको विविधताको राजनीतिक ब्यवस्थापनका लागि पाँच कलष्टरको आधारमा “पाँच सदस्सीय राष्ट्रपति मण्डल गठन गर्नुपर्ने र प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री” हुने निर्वाचन प्रणालीमा देश सहमत हुनु पर्ने बताउदै उपमहासचिव अस्लामीले भ्रष्टाचारीलाई देश द्रोही घोषणा गरी तिनका सम्पत्ति राष्ट्रियकरण गर्ने संबैधानिक ब्यवस्था गर्नुपर्ने माग आफ्नो पार्टीले अगाडि सारेको जानकारी गराउनु भयो ।

भ्रष्ट्राचार जस्तो जघण्य अपराधलाई कुनै एक आयोगको भरमा मात्रै छाड्न नहुने उहाँको तर्क थियो । शुभकामना आदान–प्रदान कायक्रममा आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० रुपन्देहीका अध्यक्ष सोनु थापा, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य शिव डुम्रे लगायतले नेपालीहरुका मौलिक चाड पर्वहरुले सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नु भयो । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश समितिका उपाध्यक्ष प्रकाश खनालको सभापतित्वमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *