विश्व आदिवासी दिवसमा रक्तदान

बुटवल ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्यव परिषद् र आदिवासी जनजाति विद्यार्थी तथा युवा महासंघको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच रेडक्रस सोसईटी बुटवल शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“रक्तदान जीवन दान” भन्ने मुल सन्देशलाई आत्मसाथ गर्दै आयोजित रक्तदान कार्यक्रममा ३० प्वाईन्ट ब्लड संकलन भएको ब्लड बैंकका कर्मचारी निरञ्जन राज भण्डारीले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाति महासंघले प्रत्येक बर्ष अगष्ट–९ लाई “विश्वका आदिवासी जनजाति एक ओहौं ।” भन्ने उद्देश्यले यस दिवसलाई देशव्यपी रुपमा मनाउँदै आईरहेको छ । यसैको पूर्वसन्ध्यमा महासंघ रुपन्देही शाखले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
आदिवासी जनजाति युवा महासंघका जिल्ला अध्यक्ष संजिव थापाको अध्यक्षता रहेको उक्त रक्तदान विद्यार्थी महासंघका जिल्ला अध्यक्ष कमल सिंह थारुको स्वागत, महासंघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्यालको प्रमुख अतिथ्यता र विद्यार्थी महासंघका जिल्ला सचिव प्रदिप घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *