विश्व प्रेस स्वतन्त्रता दिवस

कमला राना । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी र नियन्त्रण सञ्चार, न्याय र विधिको शासन’ नारा दिइएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ नवलपरासीले आज कावासोतिमा प्रभातफेरी आयोजना गरेको छ ।
प्रभातफेरी पछिको कोणसभालाई सम्बोधन गर्नुहुदै महासंघका अध्यक्ष होमराज रानाभाटले जवसम्म पत्रकारीता स्वतन्त्र हुन सक्दैन तवसम्म देशको विकास हुन नसक्ने बताउनुभयो ।
नेपाली प्रेसका कारणल नै देशमा आमुल परीवर्तन आएको बताउनुहुदै अध्यक्ष रानाभाटले प्रेसलाइ कही कतैबाट अंकुश लगाउने काम हुन नहुने बताउनुभयो ।
अध्यक्ष रानाभाटले प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रिक सरकारको दायित्व रहेको भन्दै पत्रकारिताका लागि उचित वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।
कोण सभालाइ सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघका सस्थापक अध्यक्ष भुपेन्द्र भट्टराइले पत्रकारहरुले कसैको दवावामा नपरी निर्धक्क रुपले कलम चलाउन पाउनुपर्ने बताउनुभयो ।
नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको भए पनि त्यसलाई व्यवहारमा लागु नभएको सस्थापक अध्यक्ष भट्टराइले बताउनु भयो । कोण सभामा कर्मचारी मिलन केन्द्र नवलपुरका सचिव कृष्ण चन्द्र पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विद्रोही गिरीले सम्बोधन गर्नुुभएको थियो ।

नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कोणसभा कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका सस्थापक अध्यक्ष भुपेन्द्र भट्टराइ, कर्मचारी मिलन केन्द्र नवलपुरका सचिव एव नगर शिक्षा अधिकृत कृष्ण चन्द्र पोख्रेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिका सभापति ऋषीराम कडेल, उपसभापति बेद प्रसाद न्यौपाने, सचिव बाबुराम कडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव केवि राना, नेपाल प्रेस चौतारीका केन्द्रीय सदस्य विद्रोही गिरी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष श्रीराम सीग्देल, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष विरेन्द्र पराजुली, सेन्टर नवलपुरका सयोजक लक्ष्मी पगेनी, पत्रकार घनश्याम बगाले लगाएत नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव विष्णु गौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *