शिवमाविमा विज्ञान संकाय अध्यापन गराइने

असार-१२, कमला राना।
बर्दघाट सुस्ता पुर्व नवलपुरको कावासोतीमा अवस्थित सामुदायिक विधालय शिव मावि मा यस वर्ष देखि विज्ञान संकाय अध्यापन गरिने भएको छ । नवलपुर जिल्लाको सामुदायिक विधालयहरुमा सदरमुकामकै पहिलो विज्ञान संकायको रुपमा अध्यापन गराउन लागिएको मगंलवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । नेपाल सरकारवाट नवलपुरमा नमुना विधालायको रुपमा छनोट भएको शिव माविमा विगत देखि नै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ ।
विज्ञान संकाय अध्ययन गर्नका लागि विधार्थीहरु अन्यत्र जाने गरेको हुदा स्थानिय स्तरमा नै राम्रो अध्यापन गराउने उद्धेश्यका साथ सामुदायिक विधालयमै पठन पाठन गराउन लागिएको विधालयका प्रधानाध्यापक चुडामणि शर्मा कंडेलले पत्रकार सम्मेलनमा जानकारि दिनु भएको छ । त्यस्तै उहाले अन्य क्याम्पसको भन्दा आफ्नो विधालयमा शुल्क कम लिएर पढाउन वताउनु भएको छ । जेहेन्दार ,गरिव ,अनाथ ,असाय र आर्थिक रुपमा कमजोर रहेको विधार्थीका लागि निशुल्क अध्ययन गराउने पनि वताइएको छ ।
विज्ञान संकाय अध्यापनका लागि चाहिने सम्पुर्ण सामग्री ल्याइसकेको र केहि निर्माणको अन्तिम चरणमा पुगेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २०७४ सालको एसइइ परिक्षामा १५९ जना विधार्थीले दिएकोमा ए प्लस ल्याउने २१ जना, ए ल्याउने ३४ जना, वि प्लस ल्याउने ४८ जना, वि ल्याउने ३४ जना र सि ल्याउने २० जना रहेको पनि प्रअ कंडेलले वताउनु भयो । त्यस्तै विधालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले अन्य क्याम्पसमा नाफा कमाउने उद्धेश्यले विज्ञान संकाय अध्यापन गराउने भए पनि सामुदायिक विधालय भएकाले नाफा मुखि रहने वताउनु भएको थियो । स्थानिय स्तरको भएकाले राम्रो अध्यापन गराइ पढ्नका लागि वाहिर जानवाट विधार्थीलाइ रोक्नका लागि पनि पहल गर्नै प्रतिवद्धता जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *