श्रावण २२ गते किरांत-लिम्वुवान–खम्वुवान बन्द

सन्तवीर लामा धनकुटा – राष्ट्रिय जनमुक्ति पार्टीले भोली श्रावण २२ गते प्रदेश नं.१ अन्तरर्गत पर्ने लिम्वुवान–खम्वुवान वन्दको आव्हान गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले वि.सं.१८३१ श्रावण २२ गतेको सन्धीलाई स्मरण गर्दै लिम्वुवान–खम्वुवानको ऐतिहाशिक विरासतलाई पहिचानको रुपमा स्थापित गर्न हरेक वर्ष श्रावण २२ गते वन्द आव्हान गर्दै आएको जारी अपिलमा उल्लेख छ । जारी अपिलमा भनिएको छ “अहिले हामी संगिन मोडमा छौं, इतिहाँस र वर्तमानको किरनारमा वसेर हामी पहिचानवादीहरु सडक र सदन दुवै स्थानबाट आन्दोलन गरिहेका छौं ।” साथै, नयाँ संविधान निर्माण मार्फत मुलुकका सम्पुर्ण जाति, वर्ग, लिङ्ग र समुदायलाई संवैधानिक रुपमा अधिकार सम्पन्न गराउन अहिलेको मुल विकल्प हो भनिएको छ ।
अपिलमा २०७२ अशोज ३ गते जवर्जस्त ढंगले प्रतिगामी संविधान घोषित गरिए पछि, अवको पहिचानको आन्दोलन संविधान पुनः लेखनको कार्यदिशामा अग्रसर छ भनिएको छ । पहिलो संविधानसभा २०६४ ले निर्देशित गरेको राज्य पुनःसंरचना, शासकिय स्वरुप, पुर्ण समानुपातिक निर्वाचन प्रणालीले राष्ट्रलाई अग्रगमनको दिशामा अघि वढाउने अवस्थामा लिम्वुवान राज्य सुनिश्चित गर्न वि.सं.१८३१ श्रावण २२ गतेको सन्धीलाई स्मरण गराउँदै वि.सं.२०६६ श्रावण २२ गते लिम्वुवान वन्द घोषणा गरिएको अपिलमा उल्लेख छ । यसैक्रममा इतिहाँसको ऐतिहाशिक निरन्तरता लागी लिम्वुवान र खम्वुवान राज्यको सुनिश्चत नभएसम्म हरेक वर्ष श्रावण २२ गते लिम्वुवान–खम्वुवान बन्द जारी रहने पनि उल्लेख छ ।
साथै, दोश्रो संविधानसभाले प्रतिगामी संविधान मार्फत लिम्वुवान, खम्वुवान, तमुवान, मगरात, थरुहट, मधेश, नेवा राज्य, ताम्सालिङ्ग, खसान, कोचिला लगायत राष्ट्र राज्यहरुको इतिहाँस समेत नामेट पारेकाले अपुर्ण संघियता र अपुर्ण धर्मनिरपेक्षतालाई पुर्णता दिलाउँदै कथित प्रदेश नं.१ नाम किराँत लिम्वुवान–खम्वुवान सुनिश्चत गर्न दवाव दिने उदेश्यले आगामी श्रावण २२ गते लिम्वुवान–खम्वुवान वन्द घोषणा गरिएको उल्लेख छ ।
बन्दको दिन एम्वुलेन्स, जन्तीको गाडी, मलामीको गाडी, कुट्नितिक नियोगको गाडी, प्रेसको गाडीलाई चल्न दिईने वताइएको छ । साथै, वन्द सफल वनाउन सम्पुर्ण उधोगी व्यावसायी, श्रमिक, मजदुर, विद्यार्थि, पत्रकार, वुद्धिजिवी लगायत लिम्वुवान खम्वुवानमा रहेका सम्पुर्ण आम न्याप्रेमी समुदायलाई हार्दिक अपिल गरिएको छ । वन्दको अवज्ञा गरिएमा त्यसवाट हुने क्षतिको सम्पुर्ण जिम्मेवारी अवज्ञा गर्ने स्वयमले लिनु पर्ने पनि उल्लेख गरिएको छ । वन्द लिम्वुवान–खम्वुवानमा सक्रिय रहेका पहिचानवादी राजनितिक दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, संघिय लिम्वुवान पार्टी, लिम्वुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले आयोजना गरेको अपिलमा जनाइएको छ ।
त्यसैगरी श्रावण २२ गतेको लिम्वुवान–खम्वुवान वन्दलाई सफल वनाउन लिम्वुवान जनता पार्टी, खम्वान राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघियवादी, संघिय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वुवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्वुान प्रान्तिय राष्ट्रिय मञ्चले एक्यवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *