सन २०१८ विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएशिया ४-२ को अन्तरले पराजित

ब्रिजिखबर । रसियामा सम्पन्न क्रोएशिया र फ्रान्सबीचको खेलमा ४-२ ले विजयी हुँदै फ्रान्सले दोश्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको छ। उसले सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै  पहिलो पटक विश्वकप उचालेको थियो।मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए ।

तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे ।

दोस्रो हाफमा फ्रान्सले थप दुई गोल ग¥यो । ५९ मिनेटमा पाउल पोग्बाले फ्रान्सलाई ३–१ को स्थितीमा पु¥याए । ६५ औं मिनेटमा कालियन एमबाप्पेले गोल थप्दा फ्रान्स ४–१ ले अघि थियो । पहिलो हाफ २-१ सकिएको खेलमा पोग्वाले फ्रान्सका लागि ५९ औं मिनेटमा गोल गर्दै विश्वकप सपनालाई ३-१ ले नजिक बनाए। उनको सो योगदानमा एमबाबेले ६५ औं मिनेटमा गोल गर्दै दोश्रो पटक विश्वविजेता बन्ने सपनालाई थप बलियो पारे।

रोमान्चक खेलको ६९ औं मिनेटमा मारियो माड्जुकीले गोल फर्काउँदै क्रोएशियालाई ४–२ को स्थितीमा ल्याए । सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उचालेको थियो। दोश्रो पटक विश्वकप उचाल्न उसलाई २० वर्ष लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *