प्रधानमन्त्री पत्नी आरजुले १ अर्ब रुपैया घुस लिएको खुलासा, यसरी भएको रहेछ घुसको लेनदेन

काठमाडौं, पुस २२ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले भौतिक योजना तथा यातायात मन्त्रालयमा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।

विशेषगरी सडक निर्माणका क्रममा ठेक्का पट्टा आफ्ना मान्छेलाई पारेर करोडौँ कमिसन खाने गरेको बताइएको छ । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक हप्ता कमिसनको भाग आरजुलाई दिने गरेको छन् । त्यसैगरी सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलको समेत भ्रष्टाचारमा संलग्नता हुने गरेको छ ।

सडक विभागको उपमहानिर्देशक समेत नभई आरजु देउवालाई १० करोड अग्रिम बुझाएर सिग्देल महानिर्देशक भएको उनका समकक्षीहरू नै भन्ने गर्दछन् ।

आरजुको आडमा सचिव र महानिर्देशले सार्वजनिक लेखाको दफा नै परिवर्तन गरी भ्रष्टाचार गरेको बताइएको छ । पछिल्लो समय अरबौँ रुपैयाँभन्दा बढि भ्रष्टाचार हुने गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्ने तयारी गरेको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयमा पछिल्लो समय आरजुकै मान्छे रमेश लेखक र वीरबहादुर बलायरलाई पालैपालो पठाइएको थियो ।
काम सुरु हुनुअघि नै अग्रिम कमिसन लिने र आरजुलाई भाग लगाएर दिने गरिएको आरोप कतिपयको छ ।

मन्त्रालयका सचिव र विभागका प्रमुखले आरजु र शेरबहादुरको आडमा कर्मचारीलाई समेत आफ्नो प्रभावमा पर्ने गरेका छन् ।

कमजोर सडक बनाएर भ्रष्टाचारलाई प्रश्रय दिने गरिए पनि नियमन र अनुगमन नहुँदा भ्रष्ट प्रवृत्ति मौलाएको भन्दै कतिपयले चिन्ता व्यक्ति गर्न थालेका छन् ।

आरजुले मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको १२ अर्ब रुपैयााको ठेक्का पनि सेटिङमा ६ वटा ठूला निर्माण ब्यवसायीलाई दिएर देशलाई २ अर्बभन्दा बढी नोक्सान पु¥याइन् ।

मध्यपहाडी आयोजना प्रमुख सूर्य भाट र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको योजनामा ६ वटा ठूला ठेकेदारलाई मात्र दिनेगरी टेण्डर गरिएको थियो । सार्वजनिक खरिद नियमावलीका केही दफाहरू संशोधन गरी जसरी आरजुले ३० अर्बको धरान–चतरा–हेटौंडा सडक आयोजना ६ वटा ठेकेदारलाई मात्र दिएकी थिइन्, मध्यपहाडीमा पनि यही प्रक्रिया अपनाएर राष्ट्रलाई अरबौं घाटा पारिएको छ ।

कालिका कन्ष्ट्रक्सन, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, शर्मा एण्ड कम्पनी, तुदी कन्ष्ट्रक्सनलगायतका निर्माण ब्यवसायीलाई मात्र ठेक्का दिइएको छ । यदि स्वस्थ प्रतिस्पर्धा हुदा १२ अर्बको ठेक्कामा १० अर्ब वा ८ अर्बमा काम गर्नेगरी निर्माण ब्यवसायीहरूले प्रस्ताव हाल्ने थिए ।

तर पहिले नै सेटिङ गरी ठेक्का दिएर देशलाई धरान–चतराको ३० अर्ब ठेक्कामा १ अर्ब आरजुले नै अग्रिम घुस लिएको कुरा बाहिर आएको छ ।

Everest Dainik बाट 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *