सर्वोस्कृष्ट काठ्या लोक मोडल महिलामा रबिता मगर नोमिनेसनमा

गणेश थापा मगर

असार ६, मलेसिया  । OS NEPAL MUSIC AWARD को नोमिनेसनमा रियो छमछमीबाट चर्चा बटुल्न सफल भएकी रामेछापकी डान्सर तथा मोडल रबिता मगर सर्वोस्कृष्ट काठ्या लोक मोडोल महिला बिधामा पर्न सफल भएकी छिन् । परिवार संग काठमाडौंको जोरपाटीमा बस्दै आएकी रबिता मगरले शिखर छाहारी कला केन्द्रबाट नृत्य प्रक्षिण लिएका थिईन् । बिभिन्न सॉंस्कृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य कला प्रस्तुत गर्ने क्रममा नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी सिजन ३ मा भाग लिएका थिईन् । रियो छमछमीमा छनोट हुदै आफ्नो कलालाई निखार्दै हजारौं प्रतिसप्रधिलाई पछि पार्दै चौथो स्थान ओगट्न सफल भएकी थिईन । रियो छमछमीबाट फड्को मारिकी रबिताले अहिले सम्म करिब सात वटा भन्दा बढि म्यूजिक भिडियोमा मोडलिड़ गरि सकेकी छिन् । यसै हप्ता मात्र मगर संघ हज़कड़को मुख्य आयोजना रहेको अरुण स्मृति सॉंझ ५ मा आफ्नो प्रस्तुती देखाएर नेपाल फर्कि सकेकी छिन् । यति छोटो समयमा लाखौं दर्शकको मन जित्न सफल डान्सर तथा मोडल रबिता मगर यति बेला OS NEPAL MUSIC AWARD मा “घर त मेरो रामेछाप जिल्ला” काठ्या भाकामा रहेको उक्त गीतबाट सर्वोत्कृष्ट काठ्या लोक मोडल महिलामा मनोनित भएकी छिन् । यदि यहॉंहरुको मन पर्ने कलाकार डान्सर तथा मोडल रबिता मगरलाई सो बिधामा जिताउन चाहानु हुन्छ भने आफ्नो मोबाईलबाट एस.एम.एस गरी सक्दो भोट गर्न सक्नुहुने छ । भोट गर्ने तरिका :- मोबाईल म्यसेज बक्समा गई OSN<space> 65c type गरी 33001 मा send गर्नसक्नुहुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *