सिद्धार्थनगर भैरहवामा राष्ट्रिय जनमुक्ति पार्टीको महिला उम्मेदवारको संख्या बढि

कलम चौधरी
बुटवल ।
राष्ट्रिय जनमुक्ति पार्टीले आईतबार मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय भैरहवामा बिशाल जनताको साथमा राष्ट्रिय जनमुक्ति पार्टीले मनोनयन दर्ता गराएको हो । निकै तामझामका साथ बृहत ¥याली सहित राष्ट्रिय जनमुक्ति पार्टीले सिद्धार्थनगर भैरहवामा उम्मेदवाारी दर्ता गरेको हो । पार्टीले नगरपालिकाको मेयरमा कृष्ण बहादुर गुरुङ्ग र उपमेरमा सिमा थापा गुरुङ्गले मनोनयन दर्ता गराएको राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्री सदस्य सुर्य कुमार सारु मगरले जानकारी दिनुभयो । रुपन्देही जनमुक्ति पार्टीका किल्ला रहेको भन्दै सुर्य कुमार सारु मगरले स्थानिय चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीको जित सुनिश्चित रहेको दावी गर्नुभयो ।
त्यस्तै नगरपालिकाको वडा स्तरमा वडा नं. १ मा वडा अध्यक्ष दीपेन्द्र पौड्यल, खुल्ला सदस्यमा नरेश अधिकारीले मनोनयन दर्ता गराएका छ । भने क्रमशः वडा नं.३ को अध्यक्ष पदमा साकिर अलि, उर्फ पहलमान(मुश्लिम समुदाय), महिला सदस्यमा कुश्मा पुन, दलितमहिला सदस्यामा कमला दलामी (सुनार) खुला सदस्यमा शंकर फाल मगर र इन्दिरावति हरिजनले मनानयन दर्ता गराको छ । त्यस्तै वडा नं. ४ वटा अध्यक्ष पदमा ईन्शान अलि, महिला सदस्यमा सरुवननिशा भाट, दलित महिला सदस्यमा केवलपाती चमार र खुल्ला सदस्यहरुमा विजय राज पाण्डेय, श्याम सुन्दर कोहारले उम्मेदवारी दर्ता गराएका छन् । भने वडा नं ६ को अध्यक्ष पदको लागि राम बहादुर थापा मगर, महिला सदस्यमा गिता देबि हरिजन, दलितमहिला सदस्यमा जिता देवि वि.क, खुल्ला सदस्यमा गुजारा मल्लाहिन, शिवशंकर पासीको उम्मेदवारी रहेको छ । वडा नं. ७ को वडा अध्यक्षमा हेमा गुरुङ्ग, महिला सदस्यमा ढकिसरा चौहान, दलित महिला सदस्यमा मिना कुमारी वि.क र खुल्ला सदस्यहरुमा पदमा राना, लक्ष्मी गुरुङ्गको उम्मेदवारी रहेको छ । वडा नं ८ को वडा अध्यक्षमा सुजित थापा र महिला सदस्यमा मेनका थापाको उम्मेदवारी दर्ता गर्नुभएको छ । वडा नं. ९ मा अध्यक्ष पदमा माया देवि शुर्यवंशी, महिला सदस्यमा नुरजहा मारिन, दलित महिला सदस्यमा माया दर्जी खुल्ला सदस्यमा गिता गुरुङ्ग र मनिसा थापा मगरले मनोनयन दार्ता गराएका छन् । त्यस्तै वडा नं. १२ को अध्यक्षमा केशरी रहादी (राना), महिला सदस्यमा हेम माया गुरुङ्ग, खुल्ला सदस्यमा गज माया गुरुङ्ग र राम बहादुर सारुको उम्मेदवारी रहेको छ । भने वडा नं. १३ मा वडा अध्यक्षमा नन्दा गुरुङ्ग, महिला सदस्यमा दिल कुमारी गुरुङ्ग, दलित महिला सदस्यमा सुकमाया परियार, खुला सदस्यमा सुशिला गुरुङ्ग र सुनिता गुरुङ्गको उम्मेदवारी रहेको राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष राम अस्लामी मगरले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *