सिरियामा तीन देशले संयुक्त रुपमा हवाइ हमला सुरु

सिरिया । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा हवाई हमला सुरु गरेका छन् । पूर्वी गुटामा गत हप्ता गरिएको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप तीन देशले संयुक्त रुपमा हवाइ हमला सुरु गरेका हुन ।

हवाइ आक्रमणपछि दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दमास्कसको आकाशमा धुँबाको मुस्लो देखिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका छन् । उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरू कारबाही जारी राख्न तयार रहेको बताएका छन ।

यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको बताएको थियो ।

सिरियामा महत्वपूर्ण सैन्य उपस्थिति भएको रुसले हमलालाई बेलायतले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ । तर बेलायतले भने त्यसलाई अस्विकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *