स्टेभन जुबेरको गोलले ब्राजिललाई १-१ को बराबरीमा रोक्यो

काठमाडौं । ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दाबेदार मध्येको एक ब्राजिल पनि बराबरीमा रोकिएको छ । ब्राजिल स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा ब्राजिलले सुरुवाति अग्रता लिदै ब्राजिलका फिलिपे काउटिन्होले २० औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर काउटिन्हो अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ ।

प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै बराबरी बनाए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए । समूह इको यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *