स्व. पाटामगर स्मृति पत्रकारिताबाट गुरुङ पुरस्कृत

कमल चौधरी
बुटवल ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले पत्रकार भिम गुरुङलाई स्व. देव बहादुर पाटामगर स्मृति पत्रकारिता पुरुस्कार द्वारा पुरुष्कृत गरेको छ ।
विगत दुई दशक देखि निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हकहितका लागि कलम चलाउदै आईरहेका पत्रकार गुरुङलाई फोनिजको १९ औं स्थापना दिवसको अवसरमा बुधबार पुरुष्कृत गरिएको हो । फोनिज रुपन्देहीले पाटाको सम्झानमा प्रत्यक बर्ष एक जना अदिवासी जनजाति पत्रकारलाई उत्कृष्ट पत्रकारीता पुरुष्कृत गदै आएको छ । यस बर्ष गुरुङलाई नगद रु. ५ हजार प्रमाणपत्र सहित पुरुस्कार प्रदान गरेको हो । 
नेपालको ४ नं. प्रदेश साविक होश्राङ्दी गाविस ७ मा बाबा प्रेमदास गुरुड्ड र आमा रामप्यारी गुरुङको साईलो छोराको रुपमा जन्मिएका गुरुङ फोनिज रुपन्देहीका निर्वतमान अध्यक्ष समेत हुन् । यसरी गत बर्ष फोनिज रुपन्देहीले सरु रानालाई स्व. पाटा उत्कृष्त पत्रकारीता पुरुस्कार प्रदान गरिएको होे ।  भने वि.स २०७२ सालमा यम रानालाई, वि.स २०७१ सालमा गोविन्द घार्ती, वि.स २०७० सालमा पत्रकार हिक्मत चौधरी, वि.स.२०५९ सालमा टेक मास्की लाई सम्मान गरिसकेको छ । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता, बुटवल नगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा पुरस्कार वितारण तथा सम्मान कार्यक्रममा सम्पन्न भएको हो ।
स्वर्गीय देव बहादुर पाटाको आठ बर्ष पहिले बुटवलको राजमार्ग चौराहामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । उहाँको सम्झना स्वरुप प्रत्येक बर्ष एक जन उत्कृष्ट अदिवासी जनजाति पत्रकारलाई सम्मान गर्दै आईरहेको छ । स्वा। पाटामगर विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमसँग आवद्ध रहेका थिए । कानुन पृष्ठभूमिबाट आएका पत्रकार पाटा समाज सेवामा समेत उत्तिकै सक्रिय थिए । पाल्पामा जन्मेका उनका श्रीमती र छोरीहरु बुटवल उपमहानगरपालिकामा बस्दै आईरहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *