११ प्रतियोगी मध्य को बन्लान् त प्रथम मिसेज हङकङ नेपाल ?

टि आर मगर । पहिलो पटक हङकङमा आयोजना हुन गैरहेको मिसेज हङकङ नेपालको पहिलो अडिसन २३ अप्रीलको दिन सम्पन्न भएको छ । जोर्डन स्थित संयुक्त डान्स स्टुडियोमा सम्पन्न पहिलो अडिसनमा १२ जना प्रतियोगी छनोट भए पनी श्रीमती किना गुरुङले अडिसनको दोश्रो दिन म्यासेज मार्फत आफु उक्त प्रतियोगितामा समय तर्जुमा गर्न नसक्ने कारण दर्शाउदै आफ्नो नाम फिर्ता लिएको बताएका छन् ।

सहभागी प्रतियोगीहरु क्रमश :
१ – श्रीमती करुना प्रधान
२ – श्रीमती मन्जु थापा
३ – श्रीमती शान्ती केसी
४ – श्रीमती सबित्रा इङ्नाम
५ – श्रीमती नानु गुरुङ
६ – श्रीमती सरस्वती चाम्लिङ
७ – श्रीमती पविता राई
८ – श्रीमती अनिता तामाङ
९ – श्रीमती डोल्मा रिन्जी
१० – श्रीमती अनिता राई
११ – श्रीमती निता थापा रहेका छन् । अडिसनमा उपस्थित सम्पुर्ण सहभागीहरुले निर्णायकको सामुन्य उपस्थित भएर पालै पालो सबैले आफ्नो परिचय दिएका थिए । मिसेज हङकङमा पहिलो पटक सहभागी हुन पाँउदा खुशी लाग्नुका साथै प्रतियोगितामा भाग लिन घर परिवार बाट सबैलाई पुर्ण सहयोग र समर्थन मिलेको बताएका छन् । केही सहभागीहरुले सानैमा बिहे भएको कारण यस्ता सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउने चाहना हुँदा हुँदै आफ्नो चहनालाई स्थगित गरेर बस्नु परे पनी अहिले बालबच्चाहरु हुर्किसकेको अवस्था हुँदा यस्ता प्रतियोगितामा भाग लिएर आफु लगायत आफ्नो समाजलाई थप चलायमान गराउन सक्ने मत राखेका थिए । पहिलो पटक हङकङ आयोजना हँदै गरेको मिसेज हङकङ प्रतियोगितामा सहभागिता जनाएर सबैले जित हासिल गरिन्छ भन्ने होइन हार पनी भै हाल्छ । यदी हामीहरु यस्ता प्रतियोगिताको माध्यम बाट अगाडि आएको खन्डमा भोली अन्यले पनी यस्ता खालको प्रतियोगितामा सहभागी जनाउन प्रेणा मिल्ने छन् भन्ने बिचार ब्याक्त गरेका थिए ।

हङकङ नेपाली महासंघकी अध्यक्ष श्रीमती रिता गुरुङ , मिस हङकङ नेपाल सोसाइटीका अध्यक्ष लोकराज लिम्बु , मिस हङकङ नेपाल २००० सालको फस्ट रनरअप श्रीमती कविता गुरुङ, मिस ट्यलेन्ट हन्ट २००६ सालको बिजेता श्रीमती बसन्ती पुन र मिस हङकङ नेपाल सोसाइटीका सचिव मनिष लिम्बुको टोलीले अडिसन राउन्डको निर्णायकको भुमिका निर्वाह गरेका थिए । अडिसनमा सहभागी सम्पुर्ण प्रतियोगीलाई आयोजक हङकङ नेपाली महिला संघकी अध्यक्ष तथा गैर आवासीय नेपाली संघ हङकङका अध्यक्ष श्रीमती टिका गुरुङले प्रतियोगितामा भाग लिनु नै ठुलो कुरो हो । कोही कसैले यो प्रतियोगितामा जातियता र क्षेत्रीयताको कुरो ल्याएर निष्पक्षता हुदैन कि भनेर शङ्का गर्नेहरुको लागी यो प्रतियोगिता निस्पक्ष हुने प्रतिबद्धता जनाउदै सबै दिदी बहिनीहरुलाई आफुमा भएको प्रतिभा उजागर गर्दै अगाडि बढ्न आव्हान गरेका छन् ।

मिसेज हङकङ नेपालमा सहभागिता जनाउने प्रतिस्प्रधीहरुलाई प्रशिक्षकको रुपमा अब छिट्टै नेपाल बाट मिस नेपाल २००५ सालको बिजेता सुगारिका केसी आउने भएका छन् । नेपाली महिला संघ हङकङको आयोजनामा १३ मे को दिन याउमातेइ कम्युनिटी हलमा प्रथम मिसेज हङकङ आयोजना सम्पन्न गर्न हङकङका बिभिन्न संघ सस्थाका नेतृत्व गर्ने महिलाहरु सकृय भएर लागी परेका छन् । उक्त दिन मिसेज हङकङ नेपाल बिजेताले ७००० डलर पुरुस्कार राशी प्राप्त गर्ने छ्न् भने फस्ट रनरअपले ५००० र सेकेन्ड रनरअपले ३००० डलरको पुरुस्कार राशी प्राप्त गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *