२१ स्थानीय तहमा मतगणना सुरु भएन

जेष्ठ- काठमाडौ ।  निर्वाचन आयोगका अनुसार दुई सय ८१ मध्ये हिमाली जिल्लाका २१ वटा स्थानीय तहको २९ वटा मतदान केन्द्रमा समस्या देखिएको छ । ३१ वैशाखमा दलका कार्यकर्ताहरूबीच भएको झडप र हिमाली जिल्लाको मौसममा आएको बदलीका कारण मतगणना हुन सकेको छैन । हिमाली जिल्लामा मौसमका कारणले मतपेटिका संकलन हुन नसक्दा ढिलाइ भएको आयोगको भनाइ छ । हुम्लाको नाम्खा गाउँपालिकाका मतपेटिकाका संकलन हुन नसकेको हो । सोमबार उक्त गाउँपालिकामा केही मतदान केन्द्रबाट गाउँपालिका केन्द्रमा संकलन गर्न हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको थियो । तर, मौसमले साथ नदिएकाले हेलिकोप्टर उडान हुन सकेको छैन । सुनकोठी, हिमशिखर र भृकुटी मतदान केन्द्रमा ल्याउन हेलिकोप्टर प्रयोग गर्ने खोजेको भए पनि मौसमले साथ नदिएको आयोगले जानकारी दिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *