२४ औं विश्व आदिवासी दिवस उत्सबको रुपमा नभै आन्दोलको स्वरुप रुपन्देहीमा

बुटवल।  नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रूपन्देहीले विभिन्न कार्यक्रमको आयोजना २४ औं विश्व आदिवासी दिवस उतसबको रुपमा नभै आन्दोलको स्वरुपमा भब्य रुपमा मनाएको छ । कार्यक्रम पूर्व महासंघले राजमार्ग चौराहस्थित प्रथम सहिद् क्या. लखन थापाको सालीकमा माल्यापर्ण गरी आदिवासी जनजातिको झाँकीसहित शुरु भएको ¥याली, मिलनचोक, नयाँ बस पार्क, लुम्बिनी अञ्चल अस्पताल, बीपीचोक हुँदै ट्राफिक चोकस्थित मिडिया चोकमा पुगेर दिवस मूल समारोह कार्यक्रममा परिणत गरेको थियो  । महासंघले ट्राफिक चोकस्थित मिडिया चोकमा विशाल सभा गरेर विश्व आदिवासी दिवस भब्यरुपमा सम्पन्न गरेको छ । २४ौं दिवस मूल समारोह कार्यक्रम महासंघका जिल्ला अध्क्षय दल बहादुर छन्त्याल ज्युले गर्नु भएको थियो भने प्रमुख अथिति नेपाल आदिवासी जनजाति महासंघ संघीय सचिवालयका पूर्व महासचिव प्रा.डा.ओम गुरुङ, बिशिस्ट अथिति नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केशव सूर्यवंशीमगर, नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहनसिंह गोले ज्युको उपस्थिती रहेको थियो । त्यसै गरी अथिति मा बिभिन्न जाती संघ संस्था, बुद्धिजिबिहरु र पत्रकार हरु लाई अथिति आसन ग्रहण गरिएको थियो । महासंघ का जिल्ला उपाध्क्षय बिमला गुरुङ्ग को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम जाती संघ को तर्फ देखी नेपाल मगर संघका जिल्ला अध्क्ष्य गीता सारु, आदिबासी जनजाती महासंघ प्रदेश नम्बर ५ का स सचिब जय छन्त्यालले बोल्नु भएको थियो । विशिष्ट वक्ता द्वय सूर्यवंशी र गोले आदिबासिको ईतिहास र अहिले को सरकारले गरेको व्यबहार लाई चुनौती दिएका थिए । प्रमुख अतिथि गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै ४ नम्बर प्रदेश का मुख्य मन्त्री प्रिथ्बी सुब्बा माथि खनिए । ४ नम्बर प्रदेशको नाम गण्डक प्रदेश राखिएको सुब्बा गुरुङ्ग जस्ता तत्वले गर्दा हो भन्नु भयो । त्यसलाई मलजल गर्ने काम किरण गुरुङ र जजमान गुरुङ्ग नामै किटेर भन्नु भयो । यस्ता तत्वले गर्दा पहिचानको आधारमा प्रदेशको नाम राख्न सकेनौ । अहिले आदिबासी र मुलबासी बिच भिन्न्ता ल्याई आदिबासी भन्ने शब्दनै खोस्ने केही तत्व लागि परेको बताउनु भयो । अहिले मंगोल लाई उक्साउने खेल शुरु भएको छ् । मंगोललाई मुलबासी भन्न् लगाई आदिबासी नाम खोस्ने केही अनसिन तत्व षड्यन्त्र पूर्वक लागेको जिगिर गर्नु भयो । यस्ता मिथ्या र भ्रमपुर्ब छरिएका कुरा माथि पछी नलाग्न सम्पूर्ण आदिबासिहरु लाई सचेत गराउनु भयो । बर्षा को कारणले केहीबेर कार्यक्रम अबुरुद्ध भएपनि उपस्थिती जनसमुदायहरुले छाता ओढेर भाषाण श्रवण गरेका थिए । कार्यक्रम माहासंघ जिल्ला सचिब भिम बहादुर भुजेलले संचालन गर्नु भएको थियो भने अध्क्ष्य दल बहादुर छन्त्याल समुर्ण कलाकार तथा उपस्थिती पाहुनाहरुलाई मायाको चिनो प्रदान गरी कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *