राज्यको तिन तह सरकार लाई ३९ बुँदे ज्ञापनपत्र बुझाउदै जनमुक्तिले माग्यो संबिधान पुनर्लेखन !

बुटवल, ३ असोज । सरकारले बिबिध कार्यक्रमको आयोजना गरी संबिधान दिवस मनाईरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले संविधानको पुनर्लेखनको माग गरेको छ । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा सरकारले दिपआवली मनाईरहेको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले जारी संविधानले सबै नेपालीको भावना समेट्न नसकेको भन्दै बुधबार देश भरिको ७ वटै प्रदेशमा विरोध सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी निकट संघिय गठबन्धन बहुल राष्ट्रिय मुक्ति मोर्चाका नेता सञ्जुहाङ पालुङ्वाले जारी संविधान कुनै हालतमा पनि मान्य नहुने बताएका छन् । असोज ३ लाई कालो दिवसको रुपमा बहुल राष्ट्रिय मुक्ति मोर्चाले मनाउने र ३ गतेबाटै देशव्यापी आन्दोलनमा जाने निणर्य अनुसार झापाको बिर्तामोडमा आज भएको कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेता पालुङ्वाले संविधान पुर्नलेखन हुनुपर्ने दोहोर्याए । कार्यक्रममा अर्का नेतृ मीना पन्धाकले बहुल राष्ट्रिय मुक्ति मोर्चाले तयार गरेको ३९ बुँदे ज्ञापनपत्र सम्बन्धित प्रशासनलाई बुझाइसकिएको छ, त्यो माग अनुसारको ज्ञापनपत्र राज्यले अक्षसर पालना गर्न सकेन भने मुलुक दुइतिहाई सरकारले थाम्न नसक्ने बताइन् ।

त्यसै गरी ४ नम्बर प्रदेशको कास्की को पोखरा, त्नहु र नवलपारासी मा पनि बिरोध सभा गरिएको पार्टी स्रोतले जनाएको छ। जनमुक्ती को नेता कार्य्६अकर्ता सहित् ठुलो संख्यामा ५ नम्बर राजाधानी बुटवलमा जनमुक्तिले मौन पैदल मार्च पासा गरेको छ।

उक्त विरोध सभामा बोल्दै जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्क्षय शंकर गाहाले संविधानलाई सबै जात जाती,समुदाय र बर्गले अपनत्व गर्न नसकेको बताउदै संबिधानको पुनर्लेखन अपरिहार्य रहेको बताए । ब्यालेटबाट संबिधानसभा गठन भए पनि बुटलबाट संबिधान जारी गरेको आरोप लगाउदै उनले विभेद्कारी संविधान धेरै दिन नटिक्ने दावी समेत गरे । शब्दको जालझेलमा धर्र्मिनरपेक्षता, समानुपातिक समावेशी, संघीयता जस्ता मूलभूत कुराहरुलाई अपव्याख्या गरि संबिधान जारी गरीएको उनको आरोप थियो ।

राष्ट्रिय महिला मोर्चाका महासचिव गीता सारुले महिला, खस, मुस्लिम आदिवासी लगायतका पक्षलाई संविधानले समेट्न नसकेको बताउदै संविधान पूनर्लेखन गर्नु पर्ने बताइन् । संबिधान संशोधनको विकल्प समेत समाप्त भएको भन्दै उनले सबैको अपन्वत्वका लागि संविधान पूनर्लेखन गर्नुको बिकल्प नभएको बिचार ब्यक्त गरिन् । सभामा पार्टीका संघीय परिषद् सदस्य भीम बहादुर राना, प्रदेश पाँचका इन्चार्ज केवी पुन, पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, जिल्ला सचिव चित्रप्रसाद गुरुङ,पार्टीका नगर अध्यक्ष थर्क बहादुर बारघरे लगायतले बोल्दै संबिधान पुनर्लेखन नभए ससक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । बुटवलको राजमार्ग चौराह लखनचोकबाट कालो झण्डा, व्यानर र प्लेकार्ड सहित निस्किएको बिरोध जुलुस मिलनचोक, बसपार्क अस्पताललाइन हुँदै मिडियाचोकमा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीले संविधान पूनर्लेखनको माग गर्दै मंगलबार देशैभरका प्रमूख जिल्लाअधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।

असोज ३ बाट तेस्रो जनआन्दोलनको सुरुवात
बहुल राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले तेस्रो जनआन्दोलनको सुरुवात आज असोज ३ बाट भएको बताएका छन् ।

संविधान पुर्नलेखन, कर वृद्धि, मुल्य वृद्धि, व्यापक भ्रष्टाचार र मुलुकी ऐन संशोधनका विषयलाई लिएर आन्दोलन अगाडि बढेको बताएका छन् ।

त्यसै अनुरुप बहुल राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय नेता डव पुनको नेतृत्वमा प्रधानमन्त्रीको कार्यालयमा ३९ बुँदे ज्ञापनपत्र बुझाएको समेत जानकारी दिए ।

बहुल राष्ट्रिय मुक्ति मोर्चा एक महिना अघि राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बूवान राष्ट्रिय मञ्च, लिम्बूवान क्रान्तिकारी पार्टी र कोचिला बिच एकतासँगै आन्दोलनका लागि गठन भएको मोर्चा विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

One thought on “राज्यको तिन तह सरकार लाई ३९ बुँदे ज्ञापनपत्र बुझाउदै जनमुक्तिले माग्यो संबिधान पुनर्लेखन !

Comments are closed.