बिमा संस्थान का सहायक् प्रशासक अस्लामी मगर सम्मानित

नेपाल मगर संघ ब्युरो रुपन्देही /

नेपाल मगर संघ, जिल्ला समिति रुपन्देहीद्धारा एक कार्यक्रम को आयोजना गरी राष्ट्रिय बिमा संस्थान को बोर्ड सदस्य अर्थात सहायक प्रशासक श्री सुरेन्द्र अस्लामी थापा मगरलाई नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष दल बहादुर बिर्कट्टा मगरको प्रमुख आतिथ्यतामा सम्मान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला अधक्ष्य गीता सारु अधक्ष्यता मा रहेको कार्यक्रम मा सिद्धार्थ यातायात बस ब्यबासायी समिती का अधक्ष्य सुर्य कुमार सारु, बुद्धीजिबी अशोक पुन, टेलिभिजन प्रस्तोता कमल थापा बिशेष उपस्थिती रहेको थियो । मगर संघ रुपन्देही ले बिभिन्न तह मा संघ लाई आमुल्य योगदान पुराउने अगुवा मगर अभियानताहरु लाई बिशेष सम्मान पनि गरेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *