घोषित स्थानीय तहको निर्वाचन अन्योलग्रस्त, जनमुक्तिले निकाल्यो प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

घोषित स्थानीय तहको निर्वाचन अन्योलग्रस्त बन्दै गएको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले निम्नानुसार आफ्नो धारणा यसै प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौं ।
१) स्थानीय तहको निर्वाचन भय, त्रास र शंका मुक्त हुनु पर्दछ । यसको लागि स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गरियोस ।
२) मतदाताहरुले भय, त्रास मुक्त वातावरणमा मत खसाल्ने वातावरण सृजना गर्न पर्नेमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयले जनतामा भय त्रास, आसङका र आतंक सृजना हुने भएकोले सेना परिचालन गर्ने निर्णय गलत हो भन्ने हाम्रो पार्टीको ठहर छ । स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्ने निर्णय तत्काल खारेज गरियोस ।

……………………………….
खड्ग प्रसाद (के.पी.) पालुङवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *