रोगले थलिएका बाल कुमारी रसाइली लाई प्रबास बाट सहयोग

 

ब्रिजी ब्युरो, सुनसरी । बराहनगरपालिका-८ सालबन्दी, सुनसरी निबासी बिपन्न परिवार तथा बिरामी, असाहय, एकल महिला बाल कुमारी रसाइली र उनकाे बालबच्चा लाई प्रबास बाट सहयाेग उपलब्ध भएको छ । केही दिन अघी सामाजिक संजाल मा पत्रकार आशिस विश्वकर्मा (झिल्के) “लौन केही गरौ” भनी सहयोग को अनुरोध गरिएको भिडियो फेसबूक संजाल बाट शेयर गरिएको थियो । उक्त भिडियोले इजराइल मा कार्यरत जनमुक्ति पार्टी का केन्द्रिय सदस्य तथा समाज सेवी शरिन् ख्युङ्वा ज्यु अत्यन्तै मर्माहित भएका तामाङ् को मन छोए पछी तत्काल पिडित लाई सहयोग गर्ने बाचा गर्नु भएको थियो । अत्यन्तै सहयोगि भावनाका समाज सेवी शरिन् ज्यु को संयोजकत्व मा नै आर्थिक सहयोग गर्न राष्ट्रिय जनमुक्ती पार्टी केन्द्रिय कार्यालय तथा प्रबाश बिभाग प्रमुख कमला थापा लाई जानकारी दिनु भएको थियो । आफ्नो जग्गा जमिन नभैइ सुकुम्बासी बस्दै आएका रसाइली का ९ जना छोरा-छोरी थिए । श्रीमान को मृत्‍यु पछी बेसाहरा बनेका रसाइली परिवार लाई ढिलै भए पनि प्रबास बाट सहयोग प्राप्त भएको छ । पीडित असहाय परिबारकाे बस्तुस्थिति बुझ्नकाे लागि राष्ट्रिय जनमुक्ति पार्टीको सङघिय परिषद उपाध्यक्ष तथा लिम्बुवान ईन्चार्ज चन्द्र बहादुर खापुङ, सङघिय परिषद उपमहा सचिब तथा सङगठन बिभाग प्रमुख रामु परियार, सङघिय परिषद सदस्य रमेश गजमेर,लिम्बुवान राज्य परिषद अध्यक्ष क्या. अम्बर पङधाक, लिम्बुवान राज्य परिषद काेषाध्यक्ष पूर्णकल लिम्बू, जिल्ला अध्यक्ष बिवेक राई छिन्ताङगे, ने.बि.माे.सदस्य राेनम श्रेष्ठ र गाेमा खाति को टोली रसाइली परिवार घर मा पुगेका थिए । अत्यन्तै दहनिय अवस्था मा बसेका बाल कुमारी लाई राष्ट्रिय जनमुक्ति पार्टी को एक टोलिले सहयोग हस्तान्तरहण गरेको थियो । उहाको स्वास्थ्य उपचार् र परिवार को लागि थप् सहयोग उपलब्ध गराउने स्रोत ले जनाएको छ् । यस मानविय कार्यमा सहयोग भूमिका गर्नु हुने सम्पुर्ण मा, बिशेष गरेर आर्थिक सहयोग उपलब्ध गराइ दिनु हुने इजराइल बाट शरिन् ख्युङ्वा र साउदी (अरब) बाट वोमन दर्लामी ज्यु लाई बिशेष धन्यवाद र पिडी़त परिवार सम्म उक्त सहयोग पुर्याउने हुने मित्र हरुमा पार्टी केन्द्रिय समिती सम्मान का साथ धन्यवाद प्रकट गर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *